१८ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । यूएईले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो ।
तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।
आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेट सिरिजमा भने १-० ले पछि परेको छ । आजको खेलमा जिते नेपालले सिरिज १-१ को बराबरीमा पुर्याउनेछ ।
यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले १५४ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।
from Online Khabar http://bit.ly/2RvZXdV
via IFTTT
No comments:
Post a Comment