Wednesday, February 6, 2019

स्ववियु चुनावको मिति घोषणा गर्न त्रिविलाई ४८ घण्टाको अल्टिमेटम

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई अल्टिमेटम दिएको छ ।

बुधबार उपकुलपति डा. तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ४८ घण्टाभित्र स्ववियु चुनावको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

हाल क्याम्पसहरुमा रहेको स्ववियुको पदावधि फागुन १८ गते सकिदैछ । त्यसैले फागुनभित्र चुनाव हुने गरी मिति घोषणा गर्न अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले माग गरेको छ ।

एक महिनाअघि निर्वाचन मिति र कार्यतालिका घोषणा गर्नुपर्ने भए पनि हालसम्म नगर्दा फागुनमा चुनाव हुनेमा आशंका देखिएकाले अल्टिमेटम दिएको अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए ।

विद्यार्थी संगठनसँगको भेटमा उपकुलपति खनियाले यस विषयमा पदाधिकारीहरुसँग छलफल गर्ने बताए ।



from Online Khabar http://bit.ly/2Txxvu1
via IFTTT

No comments:

Post a Comment