Friday, February 1, 2019

प्रदेशसभा ३ को एक वर्षमा २४ कानून निर्माण

१८ माघ, हेटौंडा । प्रदेशसभा ३ ले एक वर्षमा २४ विधेयक पारित गरेको छ । एक वर्षको अवधिमा २८ वटा विधेयक दर्ता भएकोमा २४ वटा पारित भएको हो ।
प्रदेशसभा निर्वाचनपछि २०७४ माघ ७ गते प्रदेश ३ का एक सय दश जना प्रदेशसभा सदस्यले सपथ लिएका थिए । प्रदेशसभाको बैठक बसेको शुक्रबार एक वर्ष पूरा भएको छ । एक वर्ष पुगेको अवसरमा प्रदेशसभा सचिवालयले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पर्याप्त काम गरेको बताए । प्रदेशसभालाई सरकारले बिजनेश दिएको बताउँदै सरकारको कामको परिणाम भने अब देखिँदै जाने दाबी गरे ।
प्रमुख बिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले तत्काल प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गर्दैे अबको पहिलो बैठकबाट प्रदेशको राजधानी र नाम तोक्न माग गरेका छन् ।
सभामुख सानुकुमार श्रेष्ठले फागुनमा हिउँदे अधिवेशन सुरु हुने बताउँदै उक्त बैठकमा प्रदेश राजधानीको विषयले प्रवेश पाउने बताएका छन् । एक वर्षको बीचमा प्रदेशसभाको ८० वटा बैठक बसेको भन्दै उनले प्रदेशसभाले कानून निर्माणको क्षेत्रमा पर्याप्त काम गरेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षको अवधिमा प्रदेशसभाले गरेको कामहरु समेटेको पुस्तकको लोकार्पण गरिन् ।


from Online Khabar http://bit.ly/2TrGM6Q
via IFTTT

No comments:

Post a Comment