२५ माघ, काठमाडौं । नेपाली महिला फुटबल टिमले भोलि (शनिबार) हिरो वोमेन्स गोल्डकप फुटबलमा म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको भुवनेश्वरस्थित कलिंगा रंगशालामा हुने भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल स्थानीय समयअनुसार दिउँसो चार बजे सुरु हुनेछ ।
नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै म्यानमारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने बताए ।
‘हाम्रो मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको विजेता बन्ने हो । त्यसैको तयारीको रुपमा यो प्रतियोगितालाई हेरेका छौ ।’ प्रशिक्षक खड्काले थपे, ‘यो प्रतियोगितामा देखिएको कमिकमजोरीलाई सुधार गर्दै साफ च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्ने हो ।’
प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, म्यानमार र इरान रहेका छन् ।
नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग ११ फेब्रुअरीमा खेल्दैछ । त्यस्तै, अन्तिम खेल नेपालले १३ फेब्रुअरीमा इरानसँग खेल्नेछ ।
from Online Khabar http://bit.ly/2GeUjM9
via IFTTT
No comments:
Post a Comment