Tuesday, February 5, 2019

कर्ण शाक्यको नयाँ पुस्तक कोष सार्वजनिक

२२ माघ, काठमाडौं । व्यवसायी कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष : जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक/साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरे ।

सञ्जेलले कर्ण शाक्यका पुस्तकले उद्यमशीलता विकासमा सघाउने बताए । ‘कर्ण शाक्य आफू धनी हुन् नै, उनी देशका सबै नागरिक धनी हुनुपर्छ भन्ने सोच्छन्,’ सञ्जेलले भने, ‘यो पुस्तकले पनि त्यही धनी हुने बाटो सिकाउँछ ।’

साहित्यकार त्रिपाठीले शाक्यको यो पुस्तकलाई ‘व्यवहार सिकाउने गीता’का रुपमा चित्रण गरिन् ।

लेखक शाक्यले आफू सधैं कर्ममा विश्वास गर्ने व्यक्ति रहेको बताए । कुनै पनि देशको विकास फुस्रा भाषणबाट मात्र सम्भव नरहेको र त्यसका लागि कर्मयोगी व्यक्तिको अपरिहार्यता रहेको उनको भनाइ छ । ‘भाषणले भात पाक्दैन,’ उनले भने, ‘कर्मले पाक्छ । म सधैं धन र धान उमार्ने क्षेत्रमा लागिपर्न रुचाउँछु ।’

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।  पुस्तकको मूल्य ४९८ रुपैयाँ रहेको छ ।



from Online Khabar http://bit.ly/2SsBv1I
via IFTTT

No comments:

Post a Comment