Saturday, February 2, 2019

ओली सरकारका तीनखाले आलोचक

वर्तमान सरकारलाई सरसर्ती नियाल्दा र प्रतिपक्षको समेत झण्डै हैसियत गुमाउने अवस्थामा पुगेको कांग्रेसको रक्षात्मकतालाई अवलोकन गर्दा त्यति राम्रो परिस्थिति देखिँदैन । हिजो राजनैतिक दलहरुले सरकारको स्थिरता नभएको कारण नै विकास वाधक भएको वा विकास हुन नसकेको भन्न सजिलो थियो । आज परिस्थिति विल्कुल फरक छ ।

झण्डै दुई तिहाइको सरकार गठन भएको छ । सरकार गठनपछिका १० महिनालाई विचार गर्दा शुरुका ३ महिनामा जे पनि निर्णय गर्न सक्ने भनी अघि बढेको हो, त्यसमा जनताको समेत समर्थन प्रशस्त थियो । अहिले सरकारप्रति पत्रकारिता जगतको टिप्पणीले समाजलाई सरकारप्रति हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गराइसकेको छ । यसको यसको प्रमुख जिम्मेवारी प्रमुख नेताहरुले नै लिनुपर्ने हुन्छ ।

गलत कार्यको नतिजा सही हुनै सक्दैन र यो नेपाली जनता र नेपालको हितमा छैन । यसको सानो उदाहरणका रुपमा भर्खरै सम्पन्न एसिया प्रशान्त सम्मेलनलाई लिन सकिन्छ ।

त्यस्तै निर्मला पन्तको बलात्कार हत्या प्रकरणमा पनि सरकारको बोली मधुरो बनाइराखिएको छ । भर्खरै मात्र समाचारमा छापिएको थियो कि निर्मला पन्त प्रकरणमा अन्तराष्ट्रिय मानव अधिकार आयोगले प्रवेश गर्ने । सुन्दा सामान्यजस्तो लागे पनि यस प्रकारको विषयमा प्रत्यक्ष हस्तक्षेप गर्नु भनेको हाम्रो मुलुकको सुरक्षा प्रशासनको कुनै काम छैन वा शुन्य बराबर हो भन्नु हो । जुन सम्पुर्ण नेपालीहरुको लागि दुखद छ ।

सामाजिक सुरक्षाका विषयमा पनि जुन प्रकारको बहसको अपेक्षा चेतनशील समाजले राखेको थियो, त्यसको विल्कुल विपरीत पोलमा झुण्डिएको पोष्टरको विषयले मात्रै चर्चा पायो । अझ यसबाट देश टाट पल्टिने भाषणहरुले धेरै स्थान प्राप्त गर्‍यो ।

सामाजिक सुरक्षा अन्य विकसित राष्ट्रहरुमा पनि यसैगरी प्रदान गरिने हो । काम गर्ने कर्मचारी तथा मजदुरहरुको १५ वर्षको योगदानले नै उनीहरुले वृद्धभत्ता पेन्सन सरह प्राप्त गर्ने हुन् । यी कुराहरु सरकारले जनतामा बताउन नसक्नु सरकारको कमजोरी हो । पोलको चर्चाले अति नै महत्व पाउनु दुःखद विषय हो ।

सरकारको यस प्रकारका गतिविधिमा कसको कस्तो प्रकारको कमजोरी छ ? यहाँ सामान्य चर्चा गरौं-

१ सरकार- कामको को हिसावले सरकारलाई हेर्दा कानून निर्माणमा बढी समय गयो भन्नु आजको जनताको अपेक्षा हैन । कानून आवश्यक कुरा हो । तर, थालेका कामको त कमसेकम देखिनेखालको नतिजा दिनुपथ्र्यो ।

उदाहरणका लागि यातायतको सिण्डीकेट तोड्ने विषयमा पछि सरकार फितलो हुनु र प्रभावकारी कार्यान्वयन नहुनुले जनतालाई निराश बनायो । त्यस्तै ट्याक्सीको मिटरको बिषयमा अझै पनि कुनै ट्याक्सीले सरकारलाई टेरेको देखिँदैन । यस प्रकारका विषयमा सरकार निरीह देखिनु, तरकारी बजार व्यवस्थापनमा भोलिपल्टदेखि नै वास्ता नगरिनु, वायुसेवा निगम को विमान खरिदको विवाद, नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति सम्वन्धी विवाद आदि विषयमा लिन नसकेको र लिएको निर्णय नै विवादित हुनुले जनतामा निराशा पैदा गरेको छ ।

लामो पार्टीगत विवादबाट अहिले आएर टेलिकम प्रमुखको बर्खास्ती भने…… सक्यो दैलो देख्यो जस्तो देखिन्छ । दुई तिहाइको सरकारप्रति त्यस प्रकारको जनताको अपेक्षा हुँदै होइन ।

२ सत्तारुढ दल: सत्ता रुढ दलले पार्टी एकीकरण तल्लो निकायसम्म गर्न नसक्नु माथिल्लो नेताहरुको भागवण्डा नमिलेको कुरा यत्र तत्र पोखिनु, वामदेवलेे संसदभित्र छिर्न खोज्नु र प्रधानमन्त्री बन्ने चाहाना राख्नु, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई शक्तिशाली सरकारको नेतृत्व गर्ने तिब्र इच्छा हुनु र पार्टीको अध्यक्ष बन्ने आकांक्षा जाग्नु, मन्त्रीका आकांक्षी मानिएका तर मन्त्री बन्न नपाएका भीम रावल, घनश्याम भुसालहरुले सरकारलाई मूलधार मिडियामार्फत कटाक्ष गर्नुले सत्तारुढ दल आन्तरिकरुपले मिल्न नसकेर छताछुल्ल भएको देखिन्छ । उनीहरुले आफ्नो दलको नेतृत्वको सरकारले जनताका पक्षमा काम गरोस् भनेर अहोरात्र काम गरेको देखिएको छैन ।

यो आन्तरिक विवाद नै सरकारलाई असफल बनाउने प्रमुख कडीको रुपमा आउन सक्ने सम्भावना छ । पार्टीगत विचार आजको सरकारको आवश्यकता हो भन्ने महसुस नहुनु सत्तारुढ दलका कमजोरी हुन् ।

३. प्रतिपक्षः हाल रक्षात्मक प्रतिपक्षीका रुपमा रहेको कांग्रेसले सैद्धान्तिकरुपमा सरकारको राम्रा कामहरुको बिरोध नगरेता पनि धमिलो पानीमा माछा मार्न खोज्नु प्रतिपक्षीको कमजोरी हो ।

शुरुका दिनमा प्रतिपक्षको भूमिका नै कसरी निर्वाह गर्ने भन्ने अन्यौलमा देखिएको कांग्रेस सरकारको विरोध गर्न कहिले गोविन्द केसी त कहिले निर्मला पन्तको साहारा लिएर धमिलो पानीमा माछा मार्ने काम गरिरहेको छ ।

जबकि शेरबहादुर देउवा गृहमन्त्री भएको बेलामा भएको मदन भण्डारीको हत्याको अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको अवस्था छैन । तर, यस्तै छिद्रमा रमाउन खोज्नु, महामन्त्रीले हिन्दु राष्ट्रको पक्ष पोषणमा वकालत गर्न थाल्नुले कांग्रेस जनताका लागि प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको छैन र मात्र आफ्नो अस्तित्व रक्षाका उपाय खोजिरहेको छ भन्ने भान हुन्छ । त्यसैले प्रतिपक्षको भूमिका सही मानेमा निर्बाह गर्न नसक्नु प्रतिपक्षीको कमजोरीका रुपमा रहेको छ ।

३. आलोचकहरु: आलोचकका बारेमा कुरा गर्दा हाल कायम सरकारका आलोचक निम्न चार प्रकारका रहेको देखिन्छ ।

क) शैद्धान्तिक आलोचक: कम्युनिष्ट सरकार भएपछि कम्युनिष्टहरुले गर्ने र नगर्ने कामहरु देखाई सैद्धान्तिकरुपमा मात्र आलोचना गर्ने आलोचकहरु यस अन्तर्गत पर्दछन् । जब कि वर्तमान सरकार नेतृत्वको दल वास्तविक रुपमा कम्युनिष्ट हो कि हैन भन्ने बिषय नै अन्योलमा छ ।

तथापि यस प्रकारका आलोचकहरुको आलोचनाले मौलिक सोच र आजको समय अनुसारको दल बनाउन नै सरकारलाई उर्जा प्रदान गर्ने हुन्छ र रचनात्मक हिसाबले काम गनर् नै प्ररित गर्ने हुन्छ । यस प्रकारका आलोचनाले जनतामा खासै नकारात्मकता र निराशा ल्याउदैन ।

ख) बार्गेनिङ आलोचक: यसमा आफुलाई स्वतन्त्र भन्ने तर अमुक दलगत हिसाबले रुचाएको दलका ठूला नेतासँग र सरकारसँग बार्गेनिङ गर्ने हिसाबले मात्र आलोचना गरिरहेका हुन्छन् । यिनीहरु बिशेष गरी आफ्नो स्वार्थका लागि सरकारको आलोचना गरिरहेका हुन्छन् । यिनीहरु प्राय जनताले बुद्धिजिबी भनी चिन्नेखालका हुन्छन् । तर, यिनीहरु सधै जनताका पीडा र सरकारका साना साना कमजोरीलाई आफ्नो स्वार्थ प्राप्तिको सिँढी बनाउने प्रयासमा हुन्छन् । जो प्रायः सरकारप्रति सधै पूर्वाग्रही रुपले प्रस्तुत हुन्छन् ।

ग) अदृश्य आलोचक ः अदृश्य आलोचकहरु यस्ता आलोचक हुन् जसलाई सामान्यतया सबैतिर देखिन्छ । तर, चिन्न भने गाह्रो हुन्छ । समाजमा पनि यिनीहरु प्रतिष्ठित नै हुन्छन् । तर, यिनीहरु कसका उद्देश्य र आदेश वा इशारामा परिचालित हुन्छन्, त्यो अदृश्य हुन्छ । यिनीहरु मालिकले उचालेपछि बजारमा उपि|mने र मौन हुने हुन्छन् ।

कतिपय यस प्रकारका आलोचकहरुलाई वास्तविक एजेण्डा थाहा हुँदैन र ती अदृश्य शक्तिले सतहमा यस प्रकारका आलोचक देखाएर आफ्ना एजेण्डा लागु गराउने गर्दछन् ।

माथि उल्लेखित विषयहरुमा सम्पूर्ण राजनैतिक दल, नागरिक अगुवा, बुद्धिजीवीहरुको अहम भुमिका समृद्ध नेपाल निर्माणको अभियानमा आवश्यक छ । सरकारले पनि आफ्नो दृष्टि स्पष्ट पारेर त्यसका लागि गृहकार्य गर्नु आवश्यक छ ।

त्यस्तै सत्तारुढ दलले सरकारका राम्रा कामको चर्चा गर्दै जन आकांक्षा समेट्ने योजना प्रदान गर्नु र सरककारको सहयोग गर्नु नै आज सत्तारुढ दलसँगको अपेक्षा हो । जो देश र जनताको हितमा रहन्छ ।

प्रतिपक्षको भूमिका पनि आजको सरकारको बिरोधमा काखी बजाउनको सट्टा भोलि आफ्नो दलको सरकार हुँदा पनि हालत यस्तै हो भन्ने बुझेर जनताको हितमा वकालत गर्न आवश्यक छ ।



from Online Khabar http://bit.ly/2BiBrYu
via IFTTT

No comments:

Post a Comment