Monday, February 4, 2019

विजुलीको तार सार्दा एक्कासी करेन्ट प्रवाह, तीन जना घाइते

२१ माघ, विराटनगर । विराटनगर बिजुलीको तार सार्ने क्रममा एक्कासी लाइन आएपछि करेण्ट लागेर तीन जना घाइते भएका छन् ।

कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ४ का ३० बर्षका रिहान मिया, २१ बर्षका मुकेश पासवान र सन्दीप पासवान घाइते भएका हुन् । घाइतेमध्ये रिहानको अवस्था गम्भीर छ । उनको शरीरको आधा भाग जलेको छ ।

निर्माणाधीन कोशी राजमार्गको हाइटेन्सनको तार नयाँ पोलमा सार्ने क्रममा एक्कासी करेन्ट लागेको प्रत्यक्षदर्सी दीपक शर्माले बताए ।

‘९ वटा पोलको काम सकिएपछि १० र ११ औं पोलमा तार सिफ्टको काम चल्दैथियो’ घातइतेसँगै काम गरिरहेका शर्माले भने ‘तार सिफ्टिङ गर्दागर्दै लाइन आयो ।’ हाइटेन्सनमा एक्कासी आएको ११ हजार भोल्टको करेण्ट लागेपछि बिजुलीको पोलको टुप्पोमा बसेर तार सिफ्टिङ गरिररहेका उनीहरु भुईमा झरेका थिए ।

घाइते तीनै जनाको विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



from Online Khabar http://bit.ly/2WFfUlZ
via IFTTT

No comments:

Post a Comment