Sunday, February 3, 2019

चैत्र २२ मा ‘लभ स्टेशन’, भियतनाममा रोमान्टिक बने प्रदिप र जसिता

अन्ततः लामो समयको छलफलपछि चलचित्र ‘लभ स्टेशन’ले चैत्र २२ गतेलाई प्रदर्शन मिति तोकेको छ । चैत्र २९ गते रिलिज हुने भनेर प्रचारमा उत्रिएको चलचित्र ‘ए मेरो हजुर ३’को टिमले यही मितिमा नै रिलिज गर्ने बताएपछि निर्माता गोविन्द शाहीले चैत्र २२ लाई प्रदर्शन मिति तोकेको बताएका छन् ।

यो चलचित्रको एक गीतको छायांकन भियतनाममा गरिएको छ । भियतनाममा छायांकन गरिएको एउटा गीतमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ रोमान्टिक देखिएका छन् । यो स्थानमा ‘किङकङ, एनाकोण्डा’ जस्ता हलिउड चलचित्र पनि खिचिउको थियो । ‘घाम जुन नै चाहिदैन’ बोलको गीतलाई भियतनामको सुन्दर लोकेशनमा खिचिएको हो । गीतको भिडियोलाई प्रेम दिवसको अवसर पारेर फागूण २ गते रिलिज गर्ने तयारी गरिएको छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । सांगीतिक लभ स्टोरी कथामा यो चलचित्र बनेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।



from Online Khabar http://bit.ly/2SiRZtl
via IFTTT

No comments:

Post a Comment