२५ माघ, कैलाली । निर्माण व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ ।
संघको २५ औं साधारणसभाबाट अध्यक्षमा यज्ञराज उपाध्याय, बरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल, प्रथम उपाध्यक्षमा ओमराज पाठक र द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद जोशी निर्वाचित भएका छन् ।
त्यस्तै, संघको महासचिवमा दिनेशबहादुर सिंह, नीतिगत उपमहासचिवमा धिरेन्द्र साउँद, आन्तरिक उपमहासचिवमा बिक्रम बिष्ट, कोषाध्यक्षमा दीर्घराज जोशी र सहकोषाध्यक्षमा तपेन्द्र शाह चयन भएका छन् ।
त्यसैगरी, संघको सदस्यहरुमा अमरबहादुर खड्का, अमरसिंह टेर, अमर सिंह रावल, जनक कुँवर, योगेन्द्र चन्द, सुरेन्द्र राज भट्ट र शिद्धराज भट्ट चयन भएका छन् ।
महिला सदस्यमा मीनाकुमारी शर्मा र समावेसी सदस्यमा मदनबहादुर वी.सी. चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता वीरबहादुर जेठाराले जानकारी दिए ।
निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई आजै सपथग्रहण पश्चात पद हस्तान्तरण गरिएको छ ।
संघका निवर्तमान अध्यक्ष्य प्रकाशबहादुर सेठीले संस्थाको माईन्युट बुक नव निर्वाचित अध्यक्ष यज्ञराज उपाध्यायलाई हस्तारण गरी पदभारसमेत सुम्पेका थिए ।
from Online Khabar http://bit.ly/2I0KAL5
via IFTTT
No comments:
Post a Comment