Tuesday, March 5, 2019

चार आयोगका अध्यक्ष सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारले प्रस्ताव गरेका बिभिन्न चारवटा आयोगका अध्यक्षहरुको नाम अनुमोदन गरेको छ ।

मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुकुमार चौधरीको नाम अनुमोदन गरेको हो ।

यस्तै, मुस्लिम आयोगको अध्यक्षमा प्रस्ताव गरिएका समिम अन्सारीसँग पनि समितिले मंगलबार नै छलफल गर्ने जानकारी दिएको छ ।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले भने समितिको बैठक बहिस्कार गरेका छन् । समितिमा नेकपाका सांसदहरुको बहुमत रहेको छ ।



from Online Khabar https://ift.tt/2Hgo5jA
via IFTTT

No comments:

Post a Comment