Sunday, March 3, 2019

तमन्ना भन्छिन्–‘ऋतिकका लागि चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु’

‘बाहुवली’ चलचित्रकी नायिका तमन्ना भाटिया साउथ चलचित्र बजारमा चर्चित छिन् । साउथकी सुपरस्टार तमन्नाले दर्जनौ हिट चलचित्र पनि दिएकी छिन् । उनै, तमन्नाले आजसम्म चलचित्रको पर्दामा नायकसँग चुम्बनको दृश्य गरेकी छैनन् । उनले चलचित्रमा काम गर्नु अगाडि नै संझौता पत्रमा चुम्बन दृश्य नराख्ने सहमती गरेकी हुन्छिन् ।

तर, तमन्नाले बलिउडका एक नायकका लागि भने आफ्नो यो संझौता तोड्ने बताएकी छिन् । उनले भनिन्–‘म ऋतिक रोशनको निकै ठूलो फ्यान हुँ । एकपटक उनलाई भेट्दा म निकै नै डराएकी थिएँ । ऋतिकलाई भेट्दा म आफूलाई १६ बर्षकी किशोरी महशुश गर्छु ।’

कंगनाले भनिन्–‘कहिलेकाही म मेरा साथीहरुसँग रमाइलो गर्दै भन्ने गर्छु कि, मैले ऋतिक रोशनसँग काम गर्न पाएको खण्डमा चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु ।’ कंगना यतिबेला आफ्नो नयाँ चलचित्र ‘महालक्ष्मी’को रिलिजको तयारीमा छिन् ।



from Online Khabar https://ift.tt/2HcEntF
via IFTTT

No comments:

Post a Comment