Saturday, March 2, 2019

इमान्दार नेताको अभाव भयोः पूर्वराष्ट्रपति

१८ फागुन, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरुको अभाव भएको टिप्पणी गरेका छन् ।

डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा तपाई शिर निहुराउनु हुन्छ ?’

उनले अघि भने, ‘मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमानको नाम भने भनेँ शिर आफैं निहुरिन्छ ।’

पूर्वराष्ट्रपति यादवले अहिले इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था आएको समेत बताए । कांग्रेस लगायतका दलहरुले प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेको आफूले सुनेको उनले बताए ।



from Online Khabar https://ift.tt/2Vr0bFy
via IFTTT

No comments:

Post a Comment