२३ फागुन, कैलाली । जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २ किलो २ सय ३२ ग्राम सुनसहित पक्राउ परेका रमेशकुमार शैजु र सिताकुमारी चौधरी छन् । शैजु धनगढी-१ का सुनचाँदी व्यवसायी हुन् भने चौधरी सोही पसलमा काम गर्छिन् ।
कैलालीको लम्किचुहा-३, चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति साढे ११ बजे २ किलो २ सय ३२ ग्राम सुन र १० किलो बराबरका चाँदीका तयारी सामान बोकेर आउँदै गरेको बा १९ च ७४१३ नम्बरको जीप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको कैलालीका एसपी आभुषण तिम्सिनाले बताए । पक्राउ परेका शैजुको धनगढीको मेनरोडमा हुलाक भवन र त्यसको अगाडी एक/एक ओटा ओटा निलम सुनचाँदी गहना पसल संचालनमा रहेको छ ।
सैजुको गतिविधिमा शंका लागेर प्रहरीले केहिदिनदेखि निगरानी बढाएको एसपी तिम्सिना बताउँछन् । उनले सोही अनुरुप सुन बोकर धनगढी आउँदै गरेको सूचना प्राप्त हुनासाथ निजलाई बर्दियाबाट कैलाली प्रवेश गर्ने नाकामा नै नियन्त्रणमा लिएको बताए ।
सैजुले बेलाबेलामा भारतबाट चोरी गरेर ल्याएको सुन खरिद गर्ने गरेको, चोरीका सुनका गहना खरिद बिक्री गर्ने गरेको लगायतका सूचना आएको प्रहरीले जानकारी दिएको छ ।
from Online Khabar https://ift.tt/2EFA07q
via IFTTT
No comments:
Post a Comment