Thursday, March 7, 2019

पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रस्ताव पारित

२३ फागुन,काठमाडौं । पूर्वसांसद गणेश पण्डितको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका ७२ वर्षीय पण्डितको गत मंगलवार हृदयघातबाट निधन भएको थियो । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका थिए ।

पण्डितको निधनमा प्रतिनिधि सभा बैठकमा सांसदहरुले १ मिनेट मौन धारण गरे । शुक्रवार एकै दिन दोस्रो बैठक बसेर प्रतिनिधि सभाले पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधि सभाको अर्को वैठक यहि फागुन २६ गते मध्यान्न १२ बजे बस्नेछ ।



from Online Khabar https://www.onlinekhabar.com/2019/03/748099
via IFTTT

No comments:

Post a Comment