Wednesday, March 6, 2019

किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

२२ फागुन, काठमाडौं । किरात राई यायोक्खाले नयाँ नेतृत्व पाएको छ । यायोक्खाको फागुन १८ देखि २१ गतेसम्म धरानमा चलेको महाधिवेशनले दिवस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यायोक्खाको नयाँ कार्यकालका लागि ५ उपाध्यक्ष छनोट भएका छन् । टीकासरी राई, गेन राई, जीवन हाताचो राई, तीलक राई र राकेश राई उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

जनक राईले महासचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै, भीम राई र शुभचन्द्र राईलाई यायोक्खाले उपमहासचिवको जिम्मेवारी तोकेको छ ।

महाधिवेशनले ५ सहसचिव, १ कोषाध्यक्ष र २ सह-कोषाध्यक्षको चयन गरेको छ । यायोक्खाका अनुसार, सदस्यमा २७ जना निर्वाचित भएका छन् ।



from Online Khabar https://ift.tt/2SMBpya
via IFTTT

No comments:

Post a Comment