Tuesday, March 5, 2019

संसदको दुबै सदनबाट अधिकारीको शोक प्रस्ताव पारित

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले पूर्वसांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै संसदको दुबै सदनले एक मिनेट मौनधारण पनि गरेको थियो ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा,२०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए ।

उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि थिए ।



from Online Khabar https://ift.tt/2IQlrmQ
via IFTTT

No comments:

Post a Comment