Tuesday, March 5, 2019

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

२१ फागुन, पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको प्रहरी सहायक निरीक्षक सन्तोष सृुवेदी बताउँछन् । तर, उपचारका क्रममा  मृत्यु भएको उनको भनाइ छ ।

यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।



from Online Khabar https://ift.tt/2HfYXcy
via IFTTT

No comments:

Post a Comment