Sunday, March 10, 2019

रेशमलाई छुटाउन पुनरावेदनमा जान्छौं : लक्ष्मण थारु

२६ फागुन, कैलाली । टीकापुर घटनामा तीन वर्षको जेल सजाय भोगेर छुटेका थरुहट नेता लक्ष्मण थारुले अदालतको फैसलाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

जिल्ला अदालत कैलालीले बुधबार रेमश चौधरीसहित ११ जनालाई जन्मकैद र थारुसहित १२ जनालाई ३ वर्ष जेल सजाय सुनाएको थियो । तीन वर्ष जेल सजाय भोगिसकेका कारण थारु बुधबार नै सेन्ट्रल जेलबाट छुटेका हुन् ।

आइतबार धनगढी आइपुगेका थारुले रेशम चौधरीसहित ११ जनालाई छुटाउन पुनरावेदन गर्ने बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य अनिश्चित गर्न सक्दैन भन्ने विश्वास छ’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘न्यायमूर्तिले बाँकी साथीहरुलाई न्याय गर्नेछन् ।’

राजनीतिक नेतृत्वले गर्न नसकेको साहस न्यायाधीश परशुराम भट्टराई गरेको उनको टिप्पणी थियो । ‘राजनीतिक नेतृत्वले टीकापुर घटना के हो ? र थारु समुदायको मुद्दा के हो ? त्यो बुझ्ने प्रयास पनि गरेन’, थारुको गुनासो छ ।

उनले थारु समुदायको मुद्दालाई काल्पनिक र चुटकिला नठान्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘सिंहदरबारलाई उखेलेर फाल्ने शक्ति थारु समुदायसँग छ’, उनले भने, ‘वगतमा भएको सम्झौताप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दछु ।’

प्रदेशको सीमांकन स्वीकार्य नभउको भन्दै उनले अब फेरि शान्तिपूर्ण आन्दोलन थालिने बताए ।



from Online Khabar https://ift.tt/2UunCOm
via IFTTT

No comments:

Post a Comment