२६ फागुन, काठमाडौं । प्रतिनिधिसभाले टीकापुर घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारण संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन किन सार्वजनिक नभएको हो भन्ने विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरोध गरेपछि सभामुख महराले सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफ्नो कमजोरी सार्वजनिक हुने डरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाए । राजपाले उठाएको विषय गम्भीर र विशेष महत्वको रहेको र यसमा संसदको ध्यानाकर्षण भएको भन्दै सभामुख महराले यस विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
from Online Khabar https://ift.tt/2CeDAFd
via IFTTT
No comments:
Post a Comment