Sunday, March 3, 2019

पूर्वउपप्रधानमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय

१९ फागुन, काठमाडाैं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेकाे हाे ।

८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा  आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।

कम्युनिस्ट नेतासमेत रहेका अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

 



from Online Khabar https://ift.tt/2tNdPHi
via IFTTT

No comments:

Post a Comment