Wednesday, March 6, 2019

हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रीका अंगरक्षकको पेस्तोल भेटियो

२२ फागुन, ताप्लेजङ ।  ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।

गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक घिमिरेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

उक्त पेस्तोल मंगलबार दिउँसो फेला परेको प्रहरीले जानकारी दिएको छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।

यो पनि पढ्नुहोस् : मन्त्रीका अंगरक्षकको पेस्तोल हराउँदा सेनालाई तनाव



from Online Khabar https://ift.tt/2H0gRkh
via IFTTT

No comments:

Post a Comment