Monday, April 1, 2019

‘रातो टिका निधारमा’मा १६ लाख लिएर साम्राज्ञी फाइनल

निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । उनले यो चलचित्रका लागि महंगो पारिश्रमिक वुझेको बताइएको छ । नायिका जसिता गुरुङले काम गर्ने चर्चा चलिरहँदा साम्राज्ञीलाई निर्देशक शर्माले फाइनल गरेका छन् ।

वुझिएअनुसार, साम्राज्ञीलाई निर्माणपक्षले १६ लाख पारिश्रमिक दिएको छ । यसमा उनले तिर्ने कर समेत सामेल छ । चलचित्रका लागि यसअघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन् ।
चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजनामा अशोक लागेका छन् ।

चलचित्रबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी समेत गरेका छन् । यसो भएको खण्डमा चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ । चलचित्र ‘जय भोले’का लागि पनि अशोक शर्माले नायिका साम्राज्ञीलाई प्रस्ताव गरेका थिए । तर, साम्राज्ञीले चलचित्रमा काम गरिनन् ।



from Online Khabar https://ift.tt/2FPCySg
via IFTTT

No comments:

Post a Comment