Tuesday, April 30, 2019

अर्थमन्त्री खतिवडा फिजी जाँदै

१७ वैशाख, काठमाडौं । एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री डा. युवराज खतिवडा मंगलबार फिजी जाने भएका छन् ।

एडीबीको बैठक मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुनेछ । बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने कार्यक्रम ट ।

खतिवडाले एडीबीका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थाका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ ।

साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकको अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत सहभागी हुने कार्यक्रम छ ।

बैठक र द्वीपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने बताइएको छ ।

अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।



from Online Khabar http://bit.ly/2Wdo6Jr
via IFTTT

No comments:

Post a Comment