६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्ने बेला भएको बताएका छन् । सरकारले सबैलाई दुःख दिएको उनको दाबी छ ।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले ओली सरकारको अत्याचार बढेको बताए । निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो बचाउन लागेको, महंगी बढेको भन्दै उनले, एउटा पनि राम्रो काम गर्यो भन्न सक्ने अवस्था छैन ।’
सरकारले सबैलाई दुःख दिएको भन्दै उनले भने, ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।’
कांग्रेस सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिए । नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिएका छन् ।
from Online Khabar http://bit.ly/2V7pTCL
via IFTTT
No comments:
Post a Comment