Thursday, April 4, 2019

बारमा वामपन्थी प्यानलको झिनो अग्रता

२१ चैत,काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि नेकपा समर्थित प्रगतिशील पेशागत र कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबीच कडा टक्कर भइरहेको छ । करीव १३ सय मत गन्न बाँकी रहँदा अध्यक्षमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ ५३ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मतका साथ पछ्याइरहेका छन् । महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ ।

उच्च अदालत बार पाटन र काठमाडौं बारको मतगणना सकिएपछि आजै साँझसम्म अन्तिम परिणाम आउने सम्भावना छ ।



from Online Khabar https://ift.tt/2Udc2eq
via IFTTT

No comments:

Post a Comment