कलाकारः बरुण धवन, अलिया भट्ट, अदित्य रोय कपुर, सोनाक्षी सिन्हा, संजय दत्त, मादुरी दिक्षित आदि ।
निर्देशकः अभिषेक वर्मान
के छ राम्रो : यदि तपाई यो चलचित्र हेर्दै हुनुहुन्छ भने तपाइ आफ्नो १६६ मिनेट समय जिन्दगीमा के गर्दैछु भनेर सोचेर बिताउन सक्नुहुनेछ ।
कथाको समिक्षा
यो कथा १५ बर्ष अगाडि स्वर्गिय यश जोहरले सोचेका थिए । यो त्यो समयमा बनेको भए पनि निकै पट्यारलाग्दो हुनेथियो । खराब पटकथामा उत्कृष्ट दृश्य खेलाउँदैमा चलचित्र राम्रो बन्दैन । मलाई थाहा छ कि यो चलचित्रको कथा सन् १९४६ को हो तर अहिले पनि यसमा केही खराब संवादहरु छन् ।
म यो चलचित्रको निकै नै उत्कृष्ट छायांकनको कुरा गर्न सक्छु जसलाई विनोद प्रधानले छायांकन गरेका हुन् । तर, यसको पटकथालाई अझै पनि मलाई दुखाएको छ । यसको सम्पादन निकै नै खराब छ किनकी, यसको सम्पादक स्वेताले सिंगो चलचित्र नै डिलिट गर्न विर्सिएकी छिन् । म चलचित्र हेर्दा निकै नै रमाएको संवाद ब्रेकमा आएको थियो जसमा भनिएको थियो–‘सबै कुरा राम्रो थियो तर सुर्तीले सबै कुरा वर्वाद बनाइदियो ।’ आलियाको संवादको अन्तिममा एउटा संवाद थियो, तपाइले यो कहानीमा के देख्नुभयो ? मैले लाखौ धनाढ्य मानिसहरुलाई एकसाथ पर्दामा देखेँ र उनीहरुलाई एकसाथ पर्दामै जलाइदिएँ ।’
स्टारको काम
बरुण धवनले बक्स अफिसमा शत प्रतिशत रेकर्ड राखेका छन् । यो चलचित्रलाई बरुणले आफ्नो काधमा बोक्ने काम पनि गरेका छन् । उनलाई नायिका आलिया भट्टले केही साथ दिएकी छिन् । आलिया भट्ट र बरुण अहिले चलेका स्टार हुन् । तर, मेरो प्रश्न छ कि–‘बरुण तिमीले यो चलचित्र किन गर्यौ’ । यसअघिका चलचित्रमा बरुण र आलिया विशेष थिए तर यसपटक त्यस्तो छैन । आदित्य रोय कपुरले यो चलचित्रमा निकै नै सजिलो भूमिका पाएका छन् । केही महंगा कपडा लगाएर सामान्य संवाद बोल्नु उनको काम हो । उनी, चलचित्रमा मदिरा पिउँछन् र सामान्य संवाद बोल्छन् तर यो उनको प्रतिभाका लागि सुहाउने कुरा थिएन ।
निर्देशन
अभिषेक बर्मान जसले यसअगाडि चलचित्र ‘२ स्टेट’ निर्देशन गरेका थिए । उनका लागि म धेरै शब्दहरु खर्चन चाहन्नँ । किनकी, उनले त्यही काम गरेका छन् जुन उनलाई भनिएको छ । यो चलचित्रको व्याकग्राउन्ड म्यूजिक मात्र एउटा सशक्त पाटो हो जसले चलचित्रलाई अगाडि बढाउन मद्दत गरेको छ ।
र, अन्तिममा
‘कलंक’को बारेमा धेरैले धेरै कुरा बताइसकेका छन् । ‘कलंक’ केही मात्र दागले भरिएको चलचित्र होइन जुन राम्रो छ । यो चलचित्रसँग जोडिएका हरेक कलाकारलाई पर्दामा हेर्दा कमजोरी नै कमजोरी देखिन्छ । म करण जोहरलाई भन्न चाहन्छु–‘पछाडि हेर, पछाडि त हेर(बाहुबली) ।
‘भारतीय अनलाइन ‘कोइमोइ’का लागि उमेश पुनवानीले लेखेको समिक्षाको नेपाली अनुवादमा आधारित’
from Online Khabar http://bit.ly/2IrlRiw
via IFTTT
No comments:
Post a Comment