Friday, April 26, 2019

करेन्ट लागेर बालिकाको मृत्यु

१३ वैशाख, कञ्चनपुर  । कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।



from Online Khabar http://bit.ly/2Vq3Jf3
via IFTTT

No comments:

Post a Comment