Thursday, April 18, 2019

नेपाल यू-१९ विश्वकपमा छनोट हुन असफल

५ वैशाख, काठमाडौं । नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वषर्ाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।

तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो । यो पटक रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई बलियो दोबदार मानिएको थियो तर, वर्षा बाधक बन्यो ।



from Online Khabar http://bit.ly/2KOdIGV
via IFTTT

No comments:

Post a Comment