Tuesday, April 2, 2019

बारा–पर्साका घाईतेलाई रगत अभाब हुन नदिन काठमाडौंमा रक्तदान

१९ चैत, काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको अभाव नहोस भनेर काठमाडौंको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

हावाहुरीबाट घाइतेहरुलाई रगतको अभाव भएको समाचार बाहिर आएपछि मंगलबार स्थानीय सामुदायिक प्रहरीको सहकार्यमा रक्तदान आयोजना गर्न लागिएको हो ।

बिहान ११ बजे शुरु हुने भनिएको रक्तदान कार्यक्रम केहिबेर पछि शुरु हुने र साझ ५ बजेसम्म चल्ने रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए ।

संयोजक आचार्यका अनुसार बानेश्वरस्थित एभरेष्ट होटल अगाडि खुला स्थानमा रक्तदान हुनेछ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सूर्यखबरको आयोजना गरिएको रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रगत अभाव हुन नदिनका लागि रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेका छन् ।



from Online Khabar https://ift.tt/2V8qwZf
via IFTTT

No comments:

Post a Comment