Monday, April 8, 2019

गैंडाको आक्रमणबाट चितवनमा पर्यटक घाइते

२५, चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको जानकारी कार्यालयका प्रमुख वेदकुमार ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । नाम भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।

जंगल वाकमा कति जना गएका थिए भन्ने खुलेको छैन । अन्यको अवस्थाका बारेमा पनि जानकारी नपाएको निकुञ्ज प्रमुख ढकालले बताए । कुनै होटलबाट नभई गाइड कार्यालयसँग सम्पर्क गरेर उनी निकुञ्जभित्र गएका थिए ।



from Online Khabar http://bit.ly/2G1rlgn
via IFTTT

No comments:

Post a Comment