Saturday, April 27, 2019

खुलामञ्चका सटर भत्काउन डोजर परिचालन

१४ वैशाख, काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि डोजर लिएर आफूहरु खुलामञ्चतर्फ लागेको अनलाइनबरलाई जानकारी दिए ।

महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउन लागिएको सापकोटाले बताए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ ।

महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्रहाकहरुको भीडभाड देखिइरहेको छ ।



from Online Khabar http://bit.ly/2L3DBCB
via IFTTT

No comments:

Post a Comment