Tuesday, April 2, 2019

ग्लोबल आइएमई बैंकद्वारा सवै स्थानिय तहमा शाखा विस्तार

१९ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ ।

बैंकले प्रदेश नं. १ को संखुवासभा भोटखोला गाँउपालिका ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएसँगै राष्ट्र बैंकले तोके अनुरुप सवै क्षेत्रमा शाखा पुर्याउन सफल भएको हो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।



from Online Khabar https://ift.tt/2FVnYHV
via IFTTT

No comments:

Post a Comment