Saturday, April 27, 2019

विष्णु पौडेलको बालुवाटारको जग्गा जफत हुँदैनः मन्त्री अर्याल

१४ वैशाख, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने भएको छ ।

भूमिसुधारमन्त्री पद्मा अर्यालका अनुुसार ललितनिवासको सरकारले अधिग्रहण गरेको तर, भूमाफियाहरुले व्यक्तिको नाममा लगेको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको छ । तर, पौडेलले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा मोही कायम भएको जग्गा भएको पाइएको उनले बताइन् ।

प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् । यसबारे छानविन भइरहेको उनको दाबी छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले भनिन्, जहाँसम्म विष्णु पौडेलले जुन जग्गा किन्नु भएको छ, त्यो मोही कायम भएको जग्गा हो । यो बैधानिक छ ।’ मोही कामय भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं मान्छेका रुपमा नविनको नाममा हस्तान्तरण भएको पाइएको उनले बताइन् ।

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा व्यक्तिको नाममा गइसककेा भएपनि त्यो सरकारकै हुने उनले बताइन् । त्यस्तो साढे साढे ४ सय कित्ता किटान गरेर रोक्का राख्ने निर्णय भइसकेको भन्दै उनले भनिन्, त्यो जग्गा फिर्ता हुँदैन ।’



from Online Khabar http://bit.ly/2UZwj7v
via IFTTT

No comments:

Post a Comment