Sunday, April 7, 2019

गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध नआओस् : प्रधानमन्त्री

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् ।

कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् । ‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनु भएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो भन्नु भएको छ, कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।

बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।



from Online Khabar http://bit.ly/2If6tEW
via IFTTT

No comments:

Post a Comment