Friday, April 26, 2019

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले २०१२ पछि पहिलो पटक रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।

बिहीबार राति भएको खेल गोलसहित बराबरीमा टुंगिएको हो । यससँगै गेटाफेले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ । लिगमा चार खेल बाँकी छँदा ५५ अंक जोडेको गेटाफे चौथो स्थानमा छ भने सेभिया समान अंकसहित पाँचौं स्थानमा छ ।

रियल ६५ अंकसहित तेस्रो स्थानमा छ ।

खेलका क्रममा घरेलु टोली गेटाफेको दुई गोलको प्रयासलाई मड्रिडका गोलरक्षक नाभासले असफल पारे । रियलका करिम बेन्जिमाको प्रयारलाई डेभिड सोरियाले रोक ।



from Online Khabar http://bit.ly/2ZCeOsM
via IFTTT

No comments:

Post a Comment