Friday, May 31, 2019

वामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्‍यो

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालयको बैठक दुई दिन पछाडि सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि अर्को बैठक जेठ २० गतेका लागि तय भएको छ ।

शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । तर, प्रधानमन्त्री ओलीले गृहकार्य गर्न नभ्याएको भनेपछि बैठक १८ गतेको साटो २० गतेलाई सारिएको स्रोतले बताएको छ ।

नेकपा स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री ओली दिल्ली जानुअघि दुई अध्यक्षवीच संक्षिप्त कुराकानी भएको थियो । राष्ट्रपति कार्यालयमा पदक वितरण समारोहमा भाग लिएपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

सोही कुराकानीमा प्रधानमन्त्री ओलीले आफू भारत जानुपरेकाले गृहकार्य गर्न नभ्याइएको भन्दै सचिवालय बैठक २० गतेलाई सार्ने प्रस्ताव गरेको प्रधाभनमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

वामदेव र प्रचण्ड एउटै लाइनमा

यसैवीच, नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा जिम्मेवारी एक/एक जनाले चलाउने गरी कार्यविभाजन हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै नेकपाभित्र तरंग सिर्जना भएको छ ।

जेठ २० गते बस्ने बैठकमा नेताहरुको कार्यविभाजन हुने र प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई लिएर आफूले सरकारको मात्रै नेतृत्व लिनुपर्ने प्रस्ताव आउन सक्ने स्रोतले बतायो ।

प्रधानमन्त्री र अध्यक्ष पद एउटै व्यक्तिमा केन्द्रित गरिन नहुने लाइनमा प्रचण्ड र वामदेव गौतम एउटै लाइनमा उभिएका छन् ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले प्रचण्डको लाइनलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिएर सरकारको काममा बढी ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

गत मंसिर २९ मा बसेको पार्टी स्थायी कमिटीको बैठकमै नेता गौमतले एक व्यक्ति एक जिम्मेवारीको माग गरेका थिए । सो बैठकमा प्रस्तुत फरक दस्तावेजको १२ औं पृष्ठमा नेता गौतमले भनेका थिए- ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन ।’

फरक दस्तावेजमा गौतमको माग थियो, ‘तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नेतर्फ नै बढी ध्यान दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबे अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

यो पनि पढ्नुहोस्–

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास



from Online Khabar http://bit.ly/2Mko0PJ
via IFTTT

No comments:

Post a Comment