१५ जेठ, डोटी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरेको आरोप लगाएका छन् ।
प्रेस युनियन डोटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ । यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ ।’
बरिष्ठ नेता पौडेलले प्रदेश र केन्द्रीय सरकारले मनपरी ढंगले योजना वितरण गर्ने गरेको भन्दै आपत्तिसमेत जनाए ।
नेता पौडेलले निर्वाचन क्षेत्र बिशेष पूर्वाधारका नाममा सांसदहरुले बाँड्न पाउने बजेट वितरण गर्न नहुने तर्कसमेत गरेका छन् ।
आफू पहिले देखिनै यसको बिरोध गरेको भन्दै उनले कुनै बिश्वासिलो मापदण्ड नभइ सांसदले रकम बाँड्नुले भ्रष्टाचार बढाउने उनको नेता पौडेलको भनाइ छ ।
बरिष्ठ नेता पौडेलले देशमा अहिले दुई प्रकारका हिंसाको खतरा रहेको विशलेषणसमेत गरे । ‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’
जनतामा विश्वास नगर्ने पार्टी राजनीतिक दल हुनै नसक्ने भन्दै उनले हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण बाटोमा आउन विप्लवलाई आहृवान गरे ।
from Online Khabar http://bit.ly/2WbS98w
via IFTTT
No comments:
Post a Comment