Wednesday, May 29, 2019

टुँडिखेलमा गणतन्त्र उत्सव, हेर्नुस् २० तस्वीर

१५ जेठ, काठमाडौं । गणतन्त्र स्थापना भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको  अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाइएको छ ।

कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक परेवासमेत उठाइएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तस्बीरहरू : चन्द्र आले / अनलाइनखबर डटकम

हेर्नुस् तस्वीरमा गणतन्त्र दिवस :



from Online Khabar http://bit.ly/2QxA4f5
via IFTTT

No comments:

Post a Comment