२२ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।
भण्डारीले बुधबार एक शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्त्वपूर्ण भूमिका रहने बताएकी छन् ।
इद उलफित्र मुस्लिम समुदायको ठूलो पर्व हो । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
from Online Khabar http://bit.ly/2QKXu0J
via IFTTT
No comments:
Post a Comment