Thursday, June 13, 2019

ट्याङ्कीमा डुबेर कास्कीमा चार वर्षीय बालकको मृत्यु

३० जेठ, पोखरा । पोखरामा पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७, मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको बुधबार साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



from Online Khabar http://bit.ly/2ICtSim
via IFTTT

No comments:

Post a Comment