Monday, June 10, 2019

संसद् बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु हुने

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजबाट प्रारम्भ हुने भएको छ ।

संघीय संसदमा प्रस्तुत बजेटबारे सांसदहरुबीच छलफल गरेर पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप आजबाट छलफल हुन लागेको हो ।

सोमबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा बजेटको मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे सांसद्हरुले राखेका विभिन्न प्रस्तावबारे छलफल हुनेछन् ।

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् । यही प्रस्तावबारे छलफल हुने र मन्त्रीले जवाफ दिनेछन् ।

राष्ट्रियसभा बैठक पनि अहिले बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार, आ.व ०७६ ७७ को राजस्व र व्ययबारे सामान्य छलफल गर्ने सम्भावित कार्यसूची तय भएको छ । । छलफलका क्रममा उठेका सवालहरुको जवाफ अर्थमन्त्री युवराज खतिवडाले दिनेछन् ।



from Online Khabar http://bit.ly/2wIUDw5
via IFTTT

No comments:

Post a Comment