३१ जेठ, काठमाडौं । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।
पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।
शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए ।
from Online Khabar http://bit.ly/2IgYPcZ
via IFTTT
No comments:
Post a Comment