२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेलमा इंग्ल्यान्ड भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
यता, पाकिस्तान भने पहिलो जितको खोजिमा हुनेछ । पाकिस्तानले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको हार ब्यहोरेको थियो ।
इंग्ल्यान्डको ब्याटिङ अब्बल देखिएको छ । दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दा पनि इंग्ल्यान्डले ३११ रन बनाएको थियो । त्यसकारण इंग्ल्यान्डको राम्रो पक्ष भनेकै ब्याटिङ देखिएको छ । यता, पाकिस्तानको मामलामा भने ठीक विपरीत हुन्छ । पाकिस्तानको ब्याटिङ पहिलो खेललाई आधार मान्ने हो भने एकदमै कमजोर देखिएको छ ।
टस हारेर आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध मैदानमा उत्रिँदा पाकिस्तान १०५ रनमै अलआउट भएको थियो ।
आजको खेलमा घरेलु इंग्ल्यान्डलाई पराजित गर्नु पाकिस्तानको लागि कठिन छ । किनभने केही दिनअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तानले इंग्ल्यान्डसँग ४–० ले सिरिज गुमाएको छ ।
विश्वकपका लागि पाकिस्तानी टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि ।
विश्वकपका लागि इंग्ल्यान्ड टिम
इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।
from Online Khabar http://bit.ly/2wEIZC5
via IFTTT
No comments:
Post a Comment