Tuesday, June 11, 2019

करेन्ट लागेर काभ्रेमा वृद्धको मृत्यु

२८ जेठ, काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।

‘गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो’, प्रहरी निरीक्षक रायले भने ।

मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।



from Online Khabar http://bit.ly/2XDAgMm
via IFTTT

No comments:

Post a Comment