Wednesday, July 3, 2019

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

१८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा हुने खेल दुबै टिमको लिग चरणको अन्तिम खेल हो ।

नेपाली समयअनुसार सवा ३ बजे हुने आजको खेल दुवै टिमका लागि गर या मरको अवस्थामा छ । घरेलु टोली इंग्ल्यान्ड न्युजिल्यान्डलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्न चाहन्छ । विश्वकपको सेमिफाइनलमा पुग्नका लागि पनि आजको खेल इंग्ल्यान्डले जित्नैपर्ने हुन्छ ।

यता, न्युजिल्यान्डलाई पनि विश्वकपको सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराए उसको मात्रै भाग्य चम्किने छैन पाकिस्तानको पनि भाग्य चम्किने छ । आजको खेलमा इंग्ल्यान्ड पराजित भए पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल रहन्छ भने उसले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ ।

तर आजको खेलमा न्युजिल्यान्डलाई इंग्ल्यान्डले हराए पाकिस्तानको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै बाँकी रहन्छ । यस्तो अवस्थामा न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछ ।

न्युजिल्यान्ड अंक तालिकाको तेस्रो स्थानमा छ भने उसले आठ खेलबाट पाँच खेलमा जित र दुई खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।

त्यस्तै, इंग्ल्यान्डले भने आठ खेलमध्ये पाँच खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ ।

पाकिस्तानले भने आठ खेलबाट चार खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ९ अंक बनाएको छ ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन -कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।



from Online Khabar https://ift.tt/2Lz8q0S
via IFTTT

No comments:

Post a Comment