२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीच बाँकी खेल आज हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भारत र न्युजिल्यान्डबीच मंगलबार खेल चलिरहँदा पानी परेपछि रोकिएको थियो । ‘डिजर्ब डे’ अनुसार आज बाँकी खेल हुन लागेको हो ।
न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘डिजर्ब डे’ को लागि सारिएको थियो ।
खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।
न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले आज ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थाल्नेछ ।
दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।
from Online Khabar https://ift.tt/2JpvEov
via IFTTT
No comments:
Post a Comment