Sunday, July 7, 2019

अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड

२२ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको छ र कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ ।

आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

मेस्सीलाई रातो कार्ड

खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए ।

लिओनल मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चेलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।



from Online Khabar https://ift.tt/2FUN6yX
via IFTTT

No comments:

Post a Comment