Monday, July 29, 2019

नेपोलीसँग हार्‍यो लिभरपुल

१३ साउन, काठमडौं । इंग्लिस क्लब लिभरपुल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग पराजित भएको छ ।

स्कटल्यान्डमा आइतबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे ।

लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मिलिकले गोल गरेपछि नेपोली २–० गोलले अघि रहेको थियो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको नेपोलीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ५२औं मिनेटमा युनेसले गोल गरेपछि नेपोलीले लिभरपुललाई ३–० गोलले पराजित गरेको हो ।



from Online Khabar https://ift.tt/2SLPUDM
via IFTTT

No comments:

Post a Comment