मेरो मन-मुटु माझ मौलाएका मन्दिरहरु
तिमी ताक्छौ तेर्स्याएर तिरस्कृत तीरहरु
कालो किताब कुरा काट्छ कलमले कत्ति
समयको संदेश सोची सकिन्छन् शरीरहरु
रहर रै’छ रंगीन रात रगत रस रोइरहेछ
पिठ्यु पछि पराइले पस्किएका पिरहरु
अँध्यारोको अधरमा अप्ठ्यारो अठ्याएर
भण्डार भरि भएर भात भोकाएका भिरहरु
लाज लाग्ने लस्कर लौ लुकेर लम्किँदैछ
बौलाएको बर्बर बजार बचाउने वीरहरु
दानव दिल दिक्क दिमाग देख्दा देशमा
नीच नगर नग्न नयन नबोलेका नजिरहरु
हार हराइ हासौँ हामी हजारलाई हसाउँदै
जित्न जुटौँ जलाएर जीवनका जन्जिरहरु
–खोटाङ, नेपाल
हाल: टोकियो, जापान
from Online Khabar https://ift.tt/2LqwOlU
via IFTTT
No comments:
Post a Comment