१७ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड आज हुदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो २ बजेर ३० मिनेटमा अवार्ड कार्यक्रम सुरु हुदैछ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा आज अवार्ड वितरण हुदैछ ।
वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई आज अवार्डले सम्मान गर्न लागिएको हो । त्यस्तै, यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्नेछ ।
यसअघि नै विभिन्न पाँच विधामा पर्ने खेलाडीको मनोनयन सार्वजनिक भइसकेका छन् । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको हो । यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
वर्ष उत्कृष्ट पुरुष खेलाडी
पारस खड्का (क्रिकेट)
सोमपाल कामी (क्रिकेट)
शुक्रबहादुर राई (गल्फ)
इन्द्र बहादुर श्रेष्ठ (जुडो)
युकेश गुरुङ (प्याराग्लाइडिङ)
वर्ष उत्कृष्ट महिला खेलाडी
सावित्रा भण्डारी (फुटबल)
सरस्वती चौधरी (भलिबल)
सीता रानामगर (क्रिकेट)
नीमा गुरुङ (तेक्वान्दो)
मनिता श्रेष्ठ प्रधान (जुडो)
वर्ष उत्कृष्ट युवा खेलाडी
अजितकुमार यादव (एथलेटिक्स)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
मञ्जलीकुमारी योञ्जन (फुटबल)
ललितनारायण राजवंशी (क्रिकेट)
विजय श्रेष्ठ (कराते)
वर्ष उत्कृष्ट प्रशिक्षक
योगेश भट्टराई (प्याराग्लाइडिङ)
हरि खड्का (फुटबल)
धनीराम चौधरी (एथलेटिक्स)
जगत टमाटा (क्रिकेट)
ज्ञानेन्द्र बिष्ट (भलिबल-एपिएफ)
पिपुल्स च्वाइज अवार्ड
सन्दीप लामिछाने (क्रिकेट)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
सावित्रा भण्डारी (फुटबल)
रेश्मा भण्डारी (भलिबल)
महेश्वर महर्जन (शारीरिक सुगठन)
from Online Khabar https://ift.tt/2FJRu3K
via IFTTT
No comments:
Post a Comment